अब भाडामा बस्नेले छुट्टै बिजुली मिटर लिन पाउने, यस्तो छ सुविधा


काठमाडौं । बिजली विलको नाममा घरबेटीले ठग्ने गरेको गुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले नयाँ योजना ल्याउन लागेकी छन् । उनले अब भाडामा बस्नेले पनि प्राधिकरणबाट छुट्टै मिटर लिन सक्ने बताएकी हुन् ।

मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री भुसालले यसबाट शहरी क्षेत्रमा डेरा गरी बस्ने लाखौँ जनता लाभान्वित हुने विश्वास व्यक्त गरिन् । अहिले घरेबेटीले कोठामा बस्नेसंग चर्को भाडा असुल्ने गरेको गुनासो सर्वत्र छ, त्यसैले छुट्टै मिटर लिन सक्ने व्यवस्था मिलाएको उनले भनेकी छन् ।

तोकिएको न्युनतम् महसुल भन्दा बढी महसुल लिँदा कोठामा बस्नेहरुले विद्युतीय समाग्री प्रयोगमा ब्यवधान भोगिरहेका छन् । कोठामा बस्नेसहित अपार्टमेन्ट तथा कोलनीमा बस्नेले समेत छुट्टै मिटर लिएर ग्राहक बन्न दिने व्यवस्था गरिएको उनले बताइन् ।

प्रकाशित : २०७८ पुष ९, शुक्रबार १९:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ