प्रदेश २ को नाम मधेस नभए राजधानी जनकपुरधाम पनि हुँदैन : राज्यमन्त्री यादव


टुडेखोज, जनकपुरधाम । प्रदेश २ का प्रमुख सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)ले प्रदेशको नाम मधेस नराखे जनकपुरधामलाई अस्थायी राजधानी तोक्न नदिने रणनीति अपनाएको छ ।

शुक्रवार प्रदेशसभा बैठकमा प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले स्पष्ट रुपमा भने, प्रदेशको नाम मधेस प्रदेश नभए राजधानी जनकपुरधाम हुन दिदैनौं । उनले राजनीतिक सवालमा राजा जनक र माता जानकीसँग जोडेर बहस गर्न नहुने पनि बताए ।

राजा जनक र माता जानकीसँग जोडेर बहस गर्दा प्रदेशले नाम र स्थायी राजधानी पाउन नसक्ने उनको भनाई थियो । उनले भने कि यदी मधेस तपाईलाई पसन्द छैन् भने जनकपुरधाम पनि हामीलाई पसन्द छैन ।

उनको यस्तो अभिव्यक्तिले जनकपुरधाम यतिबेला तातेको छ । जताततै यो अभिव्यक्तिकै विषयमा अनेक टिकाटिप्पणी भइरहेको छ । यसअघि पनि प्रदेशसभामा मतदान हुँदा जसपाले योजनावद्ध रुपमा प्रदेशको नाम मधेसमा सहमती नजुट्दा जनकपुरधामलाई राजधानी तोक्ने प्रस्ताव पनि असफल गराएका थिए ।

प्रकाशित : २०७८ पुष ९, शुक्रबार १९:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ