सबै स्थानीय तहमा एकैपटक वैशाख १४ मा चुनाव हुने ! हेर्नुस् आयोगको विज्ञप्ती


काठमाडौं । आगामी स्थानीय तहको निर्वाचन एकैपटक गर्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीहरूसँग शुक्रबार भएको छलफलपछि निर्वाचन एकैपटक वैशाख १४ गते गर्न प्रस्ताव गरे ।

शुक्रवार विज्ञप्ति जारी गर्दै आयोगले खर्चमा मितव्ययिता, सुरक्षा तथा समग्र व्यवस्थापनमा सहजता र मतदाता शिक्षा सामग्रीहरूमा एकरुपता हुने भएकाले सबै स्थानीय तहको निर्वाचन एकै मितिमा गर्न प्रस्ताव गरिएको जानकारी दिएको छ ।

‘एक ठाउँको निर्वाचन परिणामले अर्को ठाउँमा प्रभावित नपार्ने भएकाले एकैदिन र एकै चरणमा निर्वाचन गर्नु उपयुक्त हुने देखिन्छ’ विज्ञप्तिमा भनिएको छ, ‘यदि कुनै कारण एकै दिनमा निर्वाचन गर्न सम्भव नभए पहिलो चरणको १४ र दोस्रो चरणको बैशाख २२ गते गर्न सकिन्छ ।’

यस्तै आयोगले स्थानीय तहको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गर्ने पनि प्रस्ताव गरेको छ । जवाफमा प्रधानमन्त्री देउवाले राजनीतिक दलहरूको सहमति खोज्नुपर्ने र सबै क्षेत्रहरूमा नभएपनि निश्चित क्षेत्रमा भोटिङ मेसिन प्रयोग गर्दै जाने बताएका छन् ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका पदाधिकारीहरूको पदावधि ५ जेठमा समाप्त हुनेछ । त्यसपछि स्थानीय तह जनप्रतिनिधि विहिन भएपछि विकास निर्माण र अन्य काम समेत प्रभावित हुने भएकाले समयमै निर्वाचन गराउन आयोग भनेको छ ।

संविधानको धारा २२५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनिएपनि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा २ महिना अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । यस्तो छ विज्ञप्ति :

प्रकाशित : २०७८ पुष ९, शुक्रबार २०:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ