आज क्रिसमस डे : नेपालका ३० लाख क्रिश्चियन धुमधामसंग मनाउँदै


काठमाडौं । इसाई धर्मावलम्बीले आज विश्वभर क्रिसमस डे मनाउँदै छन् । धर्मका प्रवद्र्धक जिजस क्राइस्ट (येशू क्रिस्ट)को जन्मदिन अवसरमा मनाइने क्रिसमस डे उक्त धर्मको सबैभन्दा ठूलो पर्व हो ।

येशू क्रिस्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा उक्त समुदायले आजको दिनलाई भव्य रुपमा मनाउने गर्छन् ।आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु क्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।

हाल नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको बताइन्छ । ‘क्रिसमस डे’को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले समेथत शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण इसाई धर्मावलम्बीमा शुभकामना व्यक्ति गरेकी छन् ।

प्रकाशित : २०७८ पुष १०, शनिबार ०७:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ