मुख्यमन्त्री राउतले पनि जारी गरे क्रिसमस डेको शुभकामना सन्देश


टुडेखोज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि इसाई धर्मका संस्थापक येसु खिष्टको जन्मोत्सव अर्थात क्रिसमस डेको अवसरमा शुभकामना सन्देश जारी गरेका छन् ।

उनले क्रिसमस डेको अवसरमा सम्पूर्ण प्रदेशवासी एवं इसाई धर्मावलम्बीहरूमा हार्दिक मंगलयमय शुभकामना व्यक्त गरेका हुन् । उनले भनेका छन्- सर्वसाधारणलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउन येसु खिष्टले दिनु भएको योगदानले समाजमा व्याप्त अन्याय, अत्याचार र विभेद विरुद्ध लडने प्रेरणा समस्त देशवासीले ग्रहण गरुन भने अपेक्षा लिएका छौ ।

मुख्यमन्त्री राउतले येसु ख्रिष्टको जन्मोत्सव अर्थात क्रिसमस डेुले सबैमा भाई चारा एवं सौहार्दताको सन्देश प्रदान गरुन भन्ने कामना समेत गरेका छन् । कोरोना महामारीको जोखिम कायमै रहेको हुँदा स्वास्थ्य सतर्कता अपनाएर मात्र क्रिसमस डे मनाउन पनि उनको आग्रह छ ।

प्रकाशित : २०७८ पुष १०, शनिबार ०९:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ