सिरहाका उपेन्द्र यादव काँग्रेस प्रदेश २ महामन्त्रीमा विजयी


जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ को महामन्त्रीमा उपेन्द्र कुमार यादव निर्वाचित भएका छन् । उनी सिरहा नगरपालिकाका पूर्व उपमेयर पनि हुन् ।

लामो समय कांग्रेसमा सक्रिय उनी पछिल्लो समय गुट उपगुटका कारण राजनीतिबाट टाढिदै थिए । तर प्रदेश महामन्त्रीमा विजयी भएपछि अब उनी पुन: राजनीतिमा उकालो लाग्ने देखिन्छ ।

शेरबहादुर देउवा समूहका उपेन्द्रले ९५९ मत ल्याएर विजयी भएका छन् । यस्तै बृहस्पति कृष्ण श्रेष्ठ पनि ७८८ मत प्राप्त गरी महामन्त्रीमै निर्वाचित भएका हुन् । कांग्रेस प्रदेश कमिटीका दुई जना महामन्त्री हुने प्रावधान छ ।

उनीहरुका निकटम प्रतिद्वन्द्वी नरेश यादवले ७७५ र हरेशप्रसाद महतोले ७०३ मत ल्याए । प्रदेश सभापतिमा देउवा समूहकै कृष्ण राय यादव निर्वाचित भएका छन् ।

प्रकाशित : २०७८ पुष १०, शनिबार ११:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ