औरहीबाट ३१ किलो गाँजा बरामद, तस्कर फरार


जयनाथ यादव, लहान । सिरहाको औरही गाउँपालिका १ दरहियाबाट सशस्त्र प्रहरीले ३१ किलो गाँजा बरामद गरेको छ । गाँजा तस्कर भने फरार भएका छन् ।

तस्कर गाँजा भारततर्फ लग्दै थियो । तर गस्तीमा रहेका सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बरियारपट्टीको प्रहरी टोलीलाई देखेपछि तस्कर गाँजा छाडेर फरार भए । त्यसपछि प्रहरीले गाँजा नियन्त्रणमा लिएको बताइएको छ ।

सशस्त्र प्रहरीको बरिष्ठ हवल्दार खर्क बहादुरका अनुसार गाँजाको ६ वटा पोका छ । उक्त गाँजाको तौल ३१ केजी २०० ग्राम रहेको छ । तस्कर फरार भएको र अनुसन्धान तथा खोजी भइरहेको छ ।

प्रकाशित : २०७८ पुष १०, शनिबार १६:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ