अर्को चुनाव नभएसम्म संसद् अवरोध गरिरहन्छु : ओली


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्को चुनाव नभएसम्म संसद् अवरोध गरिरहने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले संसदलाई असफल पार्ने धारणा राखेका हुन् । उनले चुनावबाट अर्को सांसद नआएसम्म संसद अवरोध कायम रहने स्पष्ट रुपमा भनेका छन् ।

पार्टीले कारबाही गरेका सांसदहरुलाई संसद्ले नमानेको भन्दै एमालेले संसद् अवरोध जारी राखेको छ । यही सन्दर्भमा पत्रकाहरुले संसद अवरोध कहिलेसम्म भनेर प्रश्न तेर्साएपछि ओलीले भने( चुनावसम्म । उनले अहिले बलजफ्ती संसद चलाईएको आरोप समेत लगाए ।

प्रकाशित : २०७८ पुष १०, शनिबार १७:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ