धनुषाको जटही नाकामा सशस्त्र प्रहरीद्धारा औषधी बरामद


विपिन यादव, जनकपुरधाम । धनुषाको जटही नाका भएर भारतबाट तस्करी िगरेर नेपालतर्फ ल्याइरहेको औषधी सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बिओपि नगराइनका इन्सपेक्टर संजय बराल नेतृत्वको टोलीले ७७० पिस इमुकेयर ट्याबलेट (आयुर्वेदिक औषधी) बरामद गरेका हुन् । बरामद औषधी करिब ७७ हजार बराबरको रहेको छ ।

बरामद औषधी आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाएको छ । सशस्त्र प्रहरीले चेकजाँचमा कडाइ गरेपछि जटही नाकाबाट हुने लागुऔषधको तस्करी न्यूनिकरण भएको छ ।

प्रकाशित : २०७८ पुष ११, आईतवार १९:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ