सिरहामा जनमतको चक्काजाम : के छ अवस्था ?


टुडेखोज, सिरहा । डा. सिके राउत नेतृत्वको जनमत पार्टी सिरहाले सात बुँदै मागसहित आज पनि जिल्लाभर चक्काजामको घोषणा गरेको छ । तर आज चक्काजामको प्रभाव भने परेको छैन ।

सोमवारको आमहड्तालमा प्रहरीले बल प्रयोग गरेर राजमार्ग सञ्चालन गर्दा ठाउँ ठाउँमा झडप भएको थियो । राउतका कार्यकर्ताले चोहर्वामा ना ५ ख ५५२२ नम्बरको मालबाक ट्रकमा आगजनी र मिर्चैया, गोलबजारलगायतका ठाउँमा दर्जनौं सवारीमा तोडफोड गरे । सोक्रममा १४ जना कार्यकर्ता पक्राउ परेका छन् ।

प्रहरीले दमन गरको निष्कर्ष निकाल्दै जनमत पार्टी आन्दोलन समिति सिरहाले आन्दोलनको कार्यक्रमको स्वरुप परिवर्तन गर्दै आजका लागि चक्काजाम मात्र गर्ने निर्णय गर्यो । तर राजमार्ग भने सूचारु रहेको देखिएको छ । राजमार्गमा आज आन्दोलनकारी राउतका कार्यकर्ता छैन ।

पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र औरही गाउँपालिका अध्यक्ष सिदार्थ यादवले गरेको भ्रष्टाचारको छानबिन हुनुपर्ने जनमत पार्टीको माग छ ।

प्रकाशित : २०७८ पुष १२, सोमबार ०९:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ