जनताराज ल्याउन जनमत पार्टीले जनतासँग मागे सहयोग, बैंक खाता सार्वजनिक


टुडेखाज, जनकपुरधाम । आन्दोलन र अगामी निर्वाचनमा विजयी हासिल गर्न आर्थिक सहयोगका लागि जनमत पार्टीले जनतासंग अनुरोध गरेको छ ।

जनमत पार्टीका महासचिव चन्दन सिंहले आर्थिक सहयोगका लागि अपिल जारी गरेका हुन् । आन्दोलन र निर्वाचनका लागि निःसन्देह रूपमा पैसाको जरूरी हुने भएकोले सहयोग गर्न समस्त जनतासँग हार्दिक अनुरोध गर्दछौं- जारी अपिलमा भनिएको छ ।

उनले जनमत पार्टी जनताको विभिन्न माग लिएर आन्दोलनरत रहेको र आउँदो निर्वाचनमा विजय हासिल गरी जनताराज स्थापना गर्ने तथा घर-घरमा रोजगारी दिनका लागि तयारी समेत थालेको अपिलमा उल्लेख गरेका छन् ।

आन्दोलन तथा निर्वाचन कोषमा सहयोगका लागि मेगा बैंकको खाता नम्बर ०६४००५८१०४१२२ समेत सार्वजनिक गरिएको छ । उक्त बैंक खाता पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादवको नाममा रहेको छ ।

प्रकाशित : २०७८ पुष १२, सोमबार ११:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ