कैदी फरार प्रकरण : जेलर परियार पक्राउ


दाङ । आफ्नै गर्भवती प्रेमिकाको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका कैदी यामराज परियार फरार भएपछि कारागारका जेलर पक्राउ परेका छन् ।

प्रहरीले घोराही कारागारका जेलर युवराज परियारलाई आइतबार बेलुकी पक्राउ गरेको हो । परियारलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

पुस ६ गतेदेखि १३ गतेसम्म बिदा बसेका जेलर ८ गते कार्यालय आएर परियारलाई अस्पताल जान अनुमति दिएकाले उनको मिलेमतो भएको ठहर गर्दै प्रजिअको सहमतिमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

दाङका प्रहरी प्रमुख एसपी सुरेस काफ्लेले जेलर पक्राउका विषयमा बोल्न चाहेनन् । एसपी काफ्लेले भने- अनुसन्धान जारी छ । अनुसन्धान भइरहेको विषयमा नबोल्दा राम्रो हुन्छ ।

प्रकाशित : २०७८ पुष १२, सोमबार १३:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ