विदेश जाने नागरिकले काठमाडौंका यी ४ अस्पतालमा खोप लिन पाउने


काठमाडौं । सरकारले विदेश जाने नागरिकलाई कोरोना भाइरसको खोप लगाउन राजधानी काठमाडौंका विभिन्न चार अस्पताललाई खोप केन्द्रको रुपमा तोकेको छ ।

जसमा वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज सशस्त्र प्रहरी अस्पताल, बलम्बु र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु छन् । खोप लगाउन जाँदा अनिवार्य रुपमा पासपोर्ट र भिसा लिएर जानुपर्नेछ ।

जोन्सन एण्ड जोन्सन खोप एक डोज मात्र लगाए हुन्छ । यो खोप लगाउनका लागि विदेश जानेहरु भौतिरिरहेका थिए । तर अब यो खोप सहज रुपमा लगाउन पाउने व्यवस्था मिलाइएको छ ।

प्रकाशित : २०७८ पुष १२, सोमबार १५:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ