सिरहामा जनमतको चक्काजाम : राजमार्गमा समेत प्रभाव, प्रहरी स्कटिङमा हैरान


जयनाथ यादव, लहान । डा. सीके राउत नेतृत्वको जनमत पार्टी आन्दोलन समिति सिरहाले गरेको चक्काजामका कारण जिल्लाभरका सुरक्षाकर्मी हैरान बनेका छन् ।

चक्काजामको प्रभाव पूर्व-पश्चिम राजमार्गमा समेत परेको छ । तोडफोड र आगजनीको डरले पूर्व-पश्चिम राजमार्गमा प्रहरीले स्कटिङ गरेर सवारी साधनलाई गन्तव्यमा पुर्याउन बाध्य भएका छन् ।

राजमार्ग सुचारु राख्न चोक चोकमा प्रहरी परिचालित छन् । दिउसो करिब तीन बजे लहान क्षेत्रमा जनमतका कार्यकर्ताले टायर बालेपछि कसहामा सयौं गाडी अलपत्र परेका छन् । बन्दीपुरदेख लहानसम्म प्रहरीले स्कटिङ गर्ने गरेको देखिएको छ।

औरही गाँउपालिकाले गहुंको बीउ लुकटेको भन्दै चार जना किसानमाथि मुद्दा दर्ता गराएको र एक जनालाई प्रहरीले पक्राउ गरेपछि जनमत पार्टी आन्दोलित बनेको छ । आइतबार सिरहा आमहड्ताल गरेका उक्त पार्टीले आज जिल्लाभर चक्काजाम गरेको हो ।

आइतबार आमहड्तालको अवज्ञा गरेको भन्दै जनमतका कार्यकर्ताले चोहर्वामा ना ५ ख ५५२२ नम्बरको ट्रकमा आगजनी तथा मिर्चैया र गोलबजारमा दर्जनौं गाडी तोडफोड गरेका थिए । आन्दोलनमा प्रहरीले दमन गरेको र आफ्ना १४ कार्यकर्तालाई पक्राउ गरेको जनमत पार्टीले जनाएको छ ।

प्रकाशित : २०७८ पुष १२, सोमबार १५:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ