जलविद्युत आयोजनाको पाइप फुट्दा २ इन्जिनियरको निधन, ऊर्जामन्त्रीद्वारा दुःख व्यक्त


काठमाडौं । सोलुखुम्बुमा निर्माणाधीन एक जलविद्युत आयोजनाको पाइप परीक्षणका क्रममा दुर्घटना हुँदा २ जना इन्जिनियरको निधन भएको छ ।

साहस ऊर्जाले प्रवर्द्धन गरिरहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा आज पानी परीक्षणका क्रममा पाइप फुट्दा भई इञ्जिनियर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएको हो ।

उक्त घटनाप्रति ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले दुःख व्यक्त गरेकी छन् । मन्त्री भुसालले दुई युवा तथा प्रतिभाशाली प्राविधिकको असामयिक निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताइन् । उनले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन, आफन्त तथा सहकर्मीमा समवेदना प्रकट गरेकी छन् ।

पेनस्टक पाइपको हाइड्रोलिक परीक्षणका क्रममा पाइप फुट्दा उक्त दुर्घटना हुन पुगेको बताइएको छ । प्रवर्द्धक कम्पनीका अनुसार पाइपको ज्वाइनमा परीक्षण गर्न पानी पठाउँदा दुर्घटना भएको हो ।

आयोजनामा ६०० मिटरको उचाइबाट प्रतिसेकेन्ड १७ घनमिटर पानी तीव्र गतिले पेनस्टक पाइपमा खस्दा त्यसभित्रको चापका कारण विस्फो-ट भएको बताइन्छ । आयोजनामा प्रयोग गरिएका हाइड्रो–मेकानिकलतर्फको काममा यो दुर्घटनाले प्रश्न खडा गरेको छ ।

प्रकाशित : २०७८ पुष १२, सोमबार १७:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ