यूवा धनुषा इन्चार्ज महतोले त्यागे जसपा, लोसपाको जिल्ला सदस्यमा मनोनित


सिबेन्द्र रोहिता, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)को भातृ संगठन समाजवादी यूवा संघ धनुषाका इन्चार्ज बिन्दी लाल महतो लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

जसपा विभाजन भएर बनेको लोसपाको जिल्ला सदस्यमा महतो मनोनित भएका हुन् । उनलाई लोसपा धनुषा अध्यक्ष प्रमेश्वर साहले सोमवार जिल्ला सदस्यमा मनोनित गरेका छन् । महतोले पनि आफू जसपा परित्याग गरेको बताएका छन् ।

महतो समाजवादी यूवा संघका प्रदेश सदस्य समेत थिए । जसपा अध्यक्ष उपेन्द्र यादवले मधेसका मुद्दा त्यागेको र जसपाका प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रीहरु भ्रष्टाचारमा लिप्त भएकाले आफू सो पार्टी परित्याग गरी लोसपा रोजेको उनको भनाई छ ।

लोसपा धनुषा उपाध्यक्षमा प्रमोद यादव चयन, अन्य कुन पदमा को ? हेर्नुस्

 

प्रकाशित : २०७८ पुष १२, सोमबार २०:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ