मिर्चैयामा कर्फ्यू तोडेर जनमतका कार्यकर्ताद्धारा प्रदर्शन, प्रहरी पछि हटे !


जयनाथ यादव, लहान । सिरहाको मिर्चैयामा निषेधाज्ञा (कर्फ्यू) तोडेर जनमत पार्टीका कार्यकर्ताहरु प्रदर्शन गरेका छन् । प्रहरीलाई चुनौती दिँदै मिर्चैयामा जनमतका कार्यकर्ता प्रदर्शनमा उत्रेपछि राजमार्ग अवरुद्ध बनेको हो ।

प्रहरीले भने राजमार्ग खुलाउने प्रयासरत छन् । राजमार्ग र सिरहा- चोहर्वा सडक खण्ड सूचारु राख्नकै लागि प्रशासनले आज र भोली विहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । यद्दपी जनमत पार्टीका कार्यकर्ताहरु पछि हटेका छैन ।

चक्काजाम गर्न नदिने प्रशासनको प्रयासलाई जनमत पार्टीका कार्यकर्ताले असफल पारिदिएको छ । निषेधाज्ञाका बाबजुद मिर्चैयास्थित राजमार्गमा प्रदर्शनमा जनमतका कार्यकर्ता उत्रेपछि अवस्था तनावग्रत बनेको हो । आन्दोलनकारी ठूलो संख्यामा रहेका कारण प्रहरीले पछि हट्नुपरेको छ ।

औरही गाउँपालिकाले किसानमाथि दर्ता गराएको मुद्दा खारेज गर्नुपर्ने, पक्राउ परेका किसानलाई रिहा गर्नुपर्ने, औरही गाउँपालिका अध्यक्ष सिदार्थले गरेको भ्रष्टाचारको छानविन हुनुपर्ने, किसानलाई समयमा मलखाद उपलब्ध गराउनुपर्ने माग राख्दै जनमत पार्टी आन्दोलनमा छ ।

प्रकाशित : २०७८ पुष १३, मंगलवार १३:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ