Breaking- किसान रिहा भए, जनमतका १८ कार्यकर्तालाई पनि छाड्दै


टुडेखोज, सिरहा । औरही गाउँपालिकामा गहुँ लुटेको आरोपमा पक्राउ परेका किसान मिथिलेश यादव रिहा भएका छन् । उनी जिल्ला अदालत सिरहाबाट साधारण तारिखमा रिहा भएका हुन् ।

औरही गाउँपालिका ३ घर भएका किसान यादवलाई प्रहरीले पुस ८ गते पक्राउ गरेको थियो । उनीसहित चार जनामाथि औरही गाउँपालिकाले मुद्दा दर्ता गराएको छ । अन्य तीन जना भने पक्राउ परेका छैन । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले चार दिनदेखि आन्दोलन जारी राखेपछि उनलाई रिहा गर्न प्रशासन बाध्य भए ।

आन्दोलनका क्रममा पक्राउ परेका राउतका १८ जना कार्यकर्तालाई पनि प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले छाड्न निर्देशन दिइसकेको र केहिबेरमै जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई रिहा गर्ने बुझिएको छ ।

प्रकाशित : २०७८ पुष १३, मंगलवार १७:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ