Breaking- सिरहामा प्रशासनले लगाएको कर्फ्यू हटाइयो


जयनाथ यादव, लहान । सिरहा प्रशासनले पूर्वपश्चिम राजमार्ग र सिरहा चोहर्वा सडक खण्डमा लगाएको कर्फ्यू (निषेधाज्ञा) हटाइएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले निषेधाज्ञा हटाएको सूचना जारी गरेका हुन् ।

सीके राउत नेतृत्वको जनमत पार्टीको चक्काजाम असफल पार्न उनले सोमवार साँझ निषेधाज्ञा जारी गरेका थिए । पुस १३ र १४ गतेका लागि विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञा फिर्ता लिएपनि जनमत पार्टीले भोलीको चक्काजाम फिर्ता लिएको छैन ।

औरही गाउँपालिकाले किसानमाथि दर्ता गरेको मुद्दा फिर्ता लिनुपर्ने, पक्राउ परेका किसानहरुलाई रिहा गर्नुपर्ने, औरहीका अध्यक्ष सिदार्थ यादवले गरेको भ्रष्टाचारको छानविन गर्नुपर्ने, किसानलाई समयमा मलखाद उपलब्ध गराउनुपर्ने लगायतको माग राखेर जनमत पार्टी आन्दोलनमा छ ।

तर पक्राउ परेका किसान र आन्दोलनको क्रममा तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा पक्राउ परेका जनमतका १८ कार्यकर्तालाई समेत प्रशासनले रिहा गरिसकेको छ । औरही गाउँपालिकामा गहुँ लुटेको आरोपमा पक्राउ परेका मिथिलेश यादवलाई जिल्ला अदालतले साधारण तारिखमा छाडेको हो ।

प्रकाशित : २०७८ पुष १३, मंगलवार १९:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ