सिरहामा निषेधाज्ञा फिर्ता, जनमतको चक्काजाम यथावत !


जयनाथ यादव, लहान । सिरहामा पूर्व-पश्चिम राजमार्ज र सिरहा- चोहर्वा सडकखण्डमा जारी निषेधाज्ञा आजबाट हटेको छ । तर आन्दोलनरत जनमत पार्टीले भने चक्काजाम फिर्ता लिएका छैन् ।

सडक सुचारु राख्न निषेधाज्ञा जारी गरेपछि मंगलबार दिनभर राजमार्ग क्षेत्रका बजार बन्द भयो । गोलबजारमा तरकारी बजार लागेन । प्रहरी किसानलाई कुटे । यस्ता घटनाहरुले प्रसाशनप्रति आक्रोश बढ्न थाले र बाध्य भएर प्रमुख जिल्ला अधिकारी लालबाबू कवारीले निषेधाज्ञा हटाइएको जानकारी गराए ।

उनले निषेधाज्ञा फिर्ता लिनु अगाडी नै आन्दोलनका क्रममा पक्राउ परेका जनमत पार्टीका १८ कार्यकर्तालाई रिहा गरेका थिए । साथै औरहीका जुन किसानका लागि जनमत पार्टीले आन्दोलन सुरु गरेको थियो, ति किसान मिथिलेश यादव पनि अदालतबाट रिहा भइसकेका छन् ।

पक्राउ कार्यकर्ताको रिहा र निषेधाज्ञा फिर्ता लिएपछि जनमत पार्टीले आन्दोलन (चक्काजाम) फिर्ता लिने सोचेका थिए प्रशासनले । तर जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले सबै माग पुरा नभएसम्म किसान आन्दोलन जारी रहने बताएका छन् ।

किसानलाई समयमा मलखाद उपलब्ध गराउनुपर्ने, औरही गाँउपालिका अध्यक्ष सिदार्थ यादवले गरेको भ्रष्टाचारको छानबिन गर्नुपर्ने, सिंचाईको व्यबस्था गर्नुपर्ने, उखु किसानको बांकी भुक्तानी दिलाउनुपर्ने लगायतका माग राखेर जनमत पार्टीले मधेसभर किसान आन्दोलन फैलाउने तयारी गरेको छ ।

प्रकाशित : २०७८ पुष १४, बुधबार ०७:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ