मधेसमा घाम लागेन : वर्षाको सम्भावना, चिसो बढ्ने


काठमाडौं । आज देशको केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भइरहेको मौसम विभागले जनाएको छ ।

मधेसका जिल्लाहरुमा समेत वर्षाको सम्भावना देखिएको छ । आज घाम समेत लागेको छैन् । आकाश बादलले ढाकेको छ । वर्षा भयो भने चिसो अत्यधिक बढ्ने अनुमान छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको चन्द्रागिरीमा अहिले हिमपात भइरहेको छ भने उपत्यकाभर पानी परिरहेको छ ।

मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको न्यूनतम ३ दशमलव रहेको छ भने अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । मधेसमा समेत वर्षाको सम्भावना छ भने चिसो बढ्ने देखिएको छ ।

प्रकाशित : २०७८ पुष १४, बुधबार ०७:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ