१३ हजार शिक्षकका लागि विज्ञापन खुल्यो


काठमाडौं । सामुदायिक विद्यालयमा १३ हजारका शिक्षकका लागि आवेदन आह्वान गरिएको छ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि १३ हजार ९३ पदका लागि आवेदन आह्वान गरेको हो ।

“खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले तोकिएको न्यूनतम योग्यता पुगेका इच्छुक उमेदवारहरूले आवेदन दिन सक्नु हुनेछ,” आयोगले भनेको छ । आयोगको अनलाइन https://online.tsc.gov.np बाट दरखास्त दिन सकिने छ ।

प्रकाशित : २०७८ पुष १४, बुधबार ०९:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ