मौसम बिग्रियो : लुक्ला, नेपालगञ्ज र पोखरामा उडान ठप्प


काठमाडौँ । मौसममा आएको बदलावका कारण बुधवार आन्तरिक उडान प्रभावित भएको छ । सोलुखुम्बुको लुक्ला, नेपालगञ्ज र कास्कीको पोखरामा उडान हुन सकेको छैन ।

लुक्लामा ५ सय मिटर मात्रै भिजिबिलिटी छ । पोखरामा ३ हजार मिटर भिजिबिलिटी छ । यस्तै भिजिबिलिटीका कारण अन्य क्षेत्रको उडान पनि प्रभावित भएको छ ।

भिजिबिलिटी कम भएका कारण आन्तरिक तर्फका उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक भोलाप्रसाद गुरागाईँले जानकारी दिए। अन्तर्राष्ट्रिय उडानमा भने समस्या नभएको उनले बताए ।

प्रकाशित : २०७८ पुष १४, बुधबार १०:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ