कोठाभित्र आगो ताप्दा भेरी अस्पतालमा एकै परिवारका ४ जनाको मृत्यु


सुर्खेत । तीन महिनाको छोरालाई न्यानो पार्न कोठामा बालिएको आगोका कारण निसास्सिएर बाँकेको भेरी अस्पतालका चार जनाको मृत्यु भएको छ ।

कार्यालय सहयोगी धर्मराज भट्टराईसहित उनको परिवारका चार जनाको मृत्यू भएको हो । अन्य तीन जनाको गम्भीर घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा धर्मप्रसाद भट्टराई, उनका तीन महिनाका छोरा इक्सन, बहिनी कोली भट्टराई र सासु कोकिलाको मृत्यु भएको हो ।

धर्मकी पत्नी सुशीला भट्टराई तथा छाेराहरु दिवस र नरेन्द्र भट्टराईको अहिले भेरी अस्पतालमै उपचार भइरहेको छ । ‘उहाँहरुको निसास्सिएर मृत्यु भएको अनुमान छ,’ प्रजिअ खत्रीले ।

प्रकाशित : २०७८ पुष १५, बिहीबार ०९:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ