सिरहाका यि युवक : कतारबाट चकलेटको प्याकेटमा सुन ल्याउँदा पक्राउ


टुडेखोज, काठमाडौं । कतारको दोहाबाट चकलेटको प्याकेटमा लुकाएर सुन लिएर आएका युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा पक्राउ परेका छन् ।

सिरहा घर भएका २१ वर्षीय मोहम्मद इजराइल मियाँलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए । उनका अनुसार कतार एअरवेजको क्यूआर–६५० को उडानमार्फत बुधवार साँझ दोहाबाट काठमाडौं आएका मियाको साथबाट ५० ग्राम सुन बरामद भएको छ ।

मियाले सुटकेश भित्र चकलेटको प्याकेटमा चकलेट जस्तै देखिने गरेर लुकाई छिपाई भन्सार छल्ने बदनियतको साथ सुन ल्याएका थिए । अहिले उनलाई महानगरीय प्रहरी वृत गौशालाको हिरासतमा राखिएको छ ।

उनलाई भन्सार ऐन अनुसार कारवाही हुने प्रमुख भन्सार प्रशासक भट्टराईले बताए । कतारमा सस्तोमा सुन पाइने भएकाले त्यहाँबाट आउने मजदुरहरु नेपाल ल्याउने गर्छन् । कतिपय व्यक्ति कतारमा बसेर सुनको तस्करीमै सक्रिय छन् ।

प्रकाशित : २०७८ पुष १५, बिहीबार १२:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ