सिरहाका सिंह : बिदेश छाडे, गाउँमै सुरु गरे माछा पालन, महिनामै लाखौं कमाउँदै !


संजय विश्वकर्मा, लहान । माछापालन व्यवसाय गरेर सिरहा, लहान नगरपालिकाका एक युवाले मासिक लाखौं आम्दानी गरिरहेको छ । लहान नगरपालिका वडा नम्बर २२ बेली टोलका ३२ बर्षिय लंका उपनामले चिनिने दिपेन्द्र सिंहले माछापलन व्यवसाय गरेर मगन्य आम्दानी गरिरहेको हो ।

करिब ६ बर्ष मलेशियाबाट स्वदेश फर्केका सिंह आज भोलि माछापालन व्यवसाय तिर लागेका हुन् । गाउँमै करिब २ बिघा पोखरी १० बर्षको लिजमा लिई व्यवसाय संचालन गरिरहेको बताए । सिंहको माछा फार्ममा ,विशेष गरेर उन्नत जातका माछा ग्रास कार्प, कमन कार्प, सिल्भर कार्प, विगहेड कार्प, रहु, नैनी, भाकुर, लगायतका ठूलो माछा र भुराहरु पाईन्छ ।

बिदेशको दुस्ख सुनाउदै उनले भने- हामी मलेशियामा १२ घण्टा बढि काम गर्थें । त्यति पैसा पनि हुन्थेन। घर परिवारबाट टाढा बस्नु परेको थियो । तर , यहाँ आफ्नै घर परिवार संग बस्छु । छोरा-छोरीलाई हुर्काउन पनि सहज छ । राम्रो आम्दानी पनि भैरहेको खुसी हुँदै उनले सुनाए ।

आफ्नो मुलुकमा मेहनत र पौरख गरे, जीविकोपार्जन मात्र होईन राम्रो पैसा कमाउँन सक्ने सम्भावना मैले देखेको छु ,उनले बताएका छन् । अन्य कृषी व्यवसायको तुलनामा यस व्यवसायबाट स्वदेशमै राम्रो अम्दानी गर्न सकिन्छ । विदेश जानै पर्दैनन्, उनले भने ।

अहिले उनी करिब ५, ६ जना युवालाई रोजगारी समेत दिएको छ । सिंहको आफुले माछा उत्पादन गर्ने फर्म त छदैछन् , त्यस बहेक उनी सर्लाही जिल्ला देखि धनुषा महोत्तरी सिरहा सप्तरी बिराटनगरसम्म माछाको किनबेच गर्छन् ।

दैनिक रुपमा भ्यान मार्फत माछा सेलिङ्ग गर्ने गरेको उनी बताउँछन् । तीन दाजुभाइ मध्ये कान्छो छोरा सिंहको श्रीमति र दुई छोरा छन् । माछा पालन गरेर उनले गाउँमै पनि राम्रो आम्दानी गर्न सकिने सन्देश दिन सफल भएका छन् ।

प्रकाशित : २०७८ पुष १५, बिहीबार १५:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ