सिँचाई बिजुली निःशुल्क गर्न र किसानलाई पेन्सन दिन पनि सीके राउतको माग


टुडेखोज, जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले सिँचाईको व्यवस्था गर्न नसके सिँचाई बिजुली निःशुल्क गर्न र किसानलाई पेन्सनको व्यवस्था गर्न पनि माग गरेका छन् ।

आजबाट पूर्वपश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्दको घोषणा गरेलगत्तै जनमत पार्टीले जारी गरेको पर्चामा उक्त माग समेटिएको हो । किसानलाई समयमा मलखाद र बीउको व्यवस्था गर्न, उखु किसानको भुक्तानी गर्न, फसलको उचित समर्थन मूल्य निर्धारण गर्न लगायतका माग जनमत पार्टीको छ ।

पर्चामा अनिश्चितकालिन राजमार्ग बन्द सफल पार्न र किसानहरुलाई आन्दोलनमा सहभागी हुन आह्वान समेत गरिएको छ । सरकारले किसानको माग सम्बोधन गर्न उच्च स्तरीय समिति गठन नगरेसम्म आन्दोलन जारी रखने जनमत पार्टीका अध्यक्ष डा. राउतले स्पष्ट पारेका छन् ।

प्रकाशित : २०७८ पुष १५, बिहीबार १६:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ