महोत्तरी : मटिहानीमा २३ लाखमा तयार भयो बैठक कक्ष


जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिकाले बैठक कक्षको भवन निर्माण गरेको छ । नगरस्तरीय योजना अन्तर्गत २३ लाखको लागतमा सो भवनको निर्माण गरिएको हो ।

नगरप्रमुख हरिप्रसाद मण्डलले बैठक कक्षका लागि तयार भवनको बिहीबार एक समारोहबीच उद्घाटन गरे । उनका अनुसार भवनको लम्बाई २७ फिट रर चौडाई १३ फिट रहेको छ ।

नगरपालिकाको कार्यसम्पादनको लागि बैठक बस्न समेत भइरहेका कारण उक्त भवनको निर्माण गरिएको नगरप्रमुख मण्डलले बताए । उनले बैठक कक्षको निर्माण सम्पन्न भएपछि कुनै पनि विषयवस्तु उपर छलफल गर्न अब सहज हुने विश्वास व्यक्त गरे ।

प्रकाशित : २०७८ पुष १६, शुक्रबार ०८:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ