एसईई परीक्षा बैशाखमा हुने


काठमाडौं । यो वर्षको एसईई परीक्षा बैशाखमा हुने भएको छ । कोभिडका कारण शैक्षिकसत्र पछि सरेकाले परीक्षाको मिति पनि पछि सर्न लागेको हो ।

गत वर्ष एसइई परीक्षा जेठ १३ गतेबाट शुरू भएको थियो । यो वर्ष चैतसम्म अध्ययन गर्ने वातावरण तयार गरी बैशाखमा परीक्षा लिनेगरी तयारी भइरहेको बताइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले चैतसम्म पठनपाठन गरी वैशाखमा एसईई गर्ने गरी छलफल भइरहेको बताएको छ ।

प्रकाशित : २०७८ पुष १६, शुक्रबार १२:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ