लहानमा जनमतका कार्यकर्ताले कार तोडे, एक जना घाइते !


जयनाथ यादव, लहान । जनमत पार्टीका कार्यकर्ताले लहानमा मनोकामना ड्राइभिङ्ग सेन्टरको गाडी तोडफोड गरेका छन् ।

राजमार्ग बन्दको अवज्ञा गरेको भन्दै लहानको गोधुली होटल अगाडी प्रदर्शनका क्रममा जनमतका कार्यकर्ताले को १ ब ३७२९ नम्बरको कारको सिसा फुटाएका हुन् । सिसा लागेर गाडीमा सवार विजय यादवलाई सामान्य चोट समेत लागेको छ ।

एक्कासी गाडीमा ढुङ्गा हानेपछि सिसा फुटेर दाहिने पाखुरामा चोट लागेको यादवले बताए । गाडी तोडफोडपछि उनी सामाजिक संजालमा जनमत पार्टीका कार्यकर्तामाथि आक्रोश पोखेका छन् ।

जनमतका कार्यकर्ताले विहानैदेखि लहानमा प्रदर्शन गरिरहेका छन् । उनीहरु सडकमा टायर बालेर राजमार्ग समेत अबरूद्ध पारेको बुझिएको छ ।

प्रकाशित : २०७८ पुष १६, शुक्रबार १४:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ