भारतले जित्यो यू-१९ एसिया कपको उपाधि


भारतले यू-१९ एसिया कपको उपाधि जितेको छ ।शुक्रबार भएको खेलमा श्रीलंकालाई डक अफ वर्थ लुइस नियमअनुसार ९ विकेटले हराउँदै भारतले उपाधि आफ्नो नाममा गरेको हो ।

यूएईको दुबईमा वर्षाले प्रभावित भएको खेलमा भारतले जितको लागि १०२ रनको लक्ष्य पाएको थियो । जवाफी ब्याटिङ गरेको भारतले १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंकाले वर्षाले खेल रोकिनुभन्दा अगाडि ७ विकेटको क्षतिमा ७१ रन बनाएको थियो । वर्षा रोकिएपछि पुनः सुरु भएको खेलमा श्रीलंकाले ३८ ओभरमा ९ विकेट गुमाउँदै १०६ रन बनाएको थियो ।

डक अफ वर्थ लुइस नियमअनुसार भारतले १०२ रनको लक्ष्य पाएको थियो । यसअघि सेमिफाइनलमा भारतले बंगलादेश र श्रीलंकाले पाकिस्तानलाई हराएका थिए ।

प्रकाशित : २०७८ पुष १७, शनिबार ०७:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ