वैष्णवदेवी मन्दिरमा भागदौड: १२ श्रद्धालुको मृत्यू, २० घाइते


जम्मु-कश्मीरस्थित वैष्णोदेवी मन्दिर परिसरमा नयाँ वर्षको बिहान जम्मा भएका श्रद्धालुहरूमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

जम्मु-कश्मीरका डीजीपी दिलबाग सिंहले समाचार एजेन्सी एएनआईसँग भने, ‘यो घटना बिहान २.४५ बजेको हो । एक विवादका कारण मानिसहरू एकअर्कालाई धक्का दिन थाले । र, भागदौड मच्चियो ।’

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । मृतकका परिवारजनलाई प्रधानमन्त्री राहत कोषबाट २-२ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा मोदीले गरेका छन् ।

प्रकाशित : २०७८ पुष १७, शनिबार ०८:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ