प्रदेश २ सरकारले शीतलहर पीडितलाई राहत दिने


जनकपुरधाम । प्रदेशमा अत्यधिक चिसो बढेसँगै प्रदेश २ सरकारले गरिब तथा विपन्नको लागि आवश्यक राहत दिने तयारी थालेको छ ।

प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जाडो प्रभावितलाई कम्बल, न्यानो लुगा र दाउरा वितरण गर्ने तयारी गरेको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले भने, ‘चिसोबाट प्रभावितलाई न्यानो लुगा र कम्बल वितरणको तयारी थालेका छौँ, केही दिनभित्रै जिल्ला जिल्लामा रहेका विपन्न वर्गलाई कम्बल वितरण गर्ने छौँ ।’

मन्त्री साहका अनुसार शीतलहरूबाट जोगिन पूर्व तयारीको विषयमा प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग छलफल भएको छ । यस प्रदेशका १५ प्रतिशत जनता चिसोबाट प्रभावित हुँदै आएका छन् ।

प्रकाशित : २०७८ पुष १७, शनिबार ११:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ