प्रहरी चौकी कब्जा गर्ने र प्रहरीलाई लखेट्ने सीके राउतको चेतावनी


जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा सीके राउतले प्रहरी चौकीहरु कब्जा गर्ने र मधेसबाट प्रहरीलाई लखेट्ने चेतावनी दिएका छन् ।

किसान आन्दोलनमा प्रहरीले दमन गरिरहेको भन्दै आक्रोशित बनेका उनले सामाजिक संजालमा यस्तो चेतावनी दिएका हुन् । उनले भनेका छन्- यदि यस्तै रह्यो भने जनताले अब प्रहरीको चौकी-चौकी कब्जा गर्नेछन् र मधेशबाट यी क्रूर नश्लीय प्रहरीलाई लखेट्नेछन् ।

प्रहरीलाई लखेट्न ५०-६० प्रदर्शनकारी नै काफी रहेको
अध्यक्ष डा. राउतले उल्लेख गरेका छन् । दिनरात तस्करहरूसँग सेटिङ्ग गर्ने गरेको जस्ता आरोप समेत प्रहरीमाथि उनले लगाएका छन् ।

उनले भनेका छन्, ‘काठमाडौंको आन्दोलन जतिसुकै उग्र भएपनि पानीको फोहोरा बर्साउने यी क्रूर नश्लीय प्रहरीले किसान आन्दोलनमाथि चरम दमन गरेको छ । लाठी र गोली बर्साएको छ ।’

प्रकाशित : २०७८ पुष १७, शनिबार १४:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ