महोत्तरीबाट पेस्तो’ल र लागूऔषधसहित एकजना पक्राउ


जनकपुरधाम । सशस्त्र प्रहरीले पेस्तो’ल र लागूऔषधसहित महोत्तरीबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लोहरपट्टी नगरपालिका बस्ने २४ वर्षीय मोहम्मद राजा कवाडी छन् ।

कवाडीलाई लोहरपट्टी ९ पिपराडी ईलाकाबाट आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट अमेरिकन पेस्तो’ल र नाईट्रोभेट १० पिससमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल खुट्टा पिपराडी बेसको सशस्त्र प्रहरी नायब निरीक्षक निलहरी दहाल नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी महोत्तरीका प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश ठाडामगरले जानकारी दिए ।

प्रकाशित : २०७८ पुष १८, आईतवार २०:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ