सिरहामा पुनः जनमतका कार्यकर्ताले ट्रकमा आगजनी गरे


सिबेन्द्र रोहिता, जनकपुरधाम । जनमत पार्टीका कार्यकर्ताले सिरहाको मिर्चैयामा पुनः एउटा ट्रकमा आगजनी गरेका छन् । आज विहान करिब ६ बजे मिर्चैयाको बतहा नदीको पुलमा ना ४ ख. १००९ नम्बरको ट्रकमा आगजनी गरिएको हो ।

आगजनीबाट ट्रक क्षतिग्रस्त बनेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरि ओलीले चालकलाई कुटपिट गरी ट्रकमा आगजनी गरेको बताए । उनले घाईते चालकको उपचार भइरहेको बताए ।

यसअघि पनि जनमतका कार्यकर्ताले सिरहाको चोहर्वा र सप्तरीमा राजमार्गमै ट्रक जलाएको थियो । किसान आन्दोलन गरिरहेका जनमत पार्टीले पूर्वपश्चिम राजमार्ग अनिश्चितकालिन बन्दको घोषणा गरेको छ ।

चालकमाथि कुटपिट गरी गाडीमा आगजनी गरेकाले जनमत पार्टीकै कार्यकर्ताको संलग्नता रहेको हुनसक्ने प्रहरीको दावी छ । तर सो पार्टीका केन्द्रीय सदस्य निर्मल मण्डलले आगजनी कसले गरेको कुरा थाहा नभएको बताएका छन् ।

प्रकाशित : २०७८ पुष १९, सोमबार ०९:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ