काठमाडौंमा पनि सुरु भयो किसान आन्दोलन


काठमाडौं । जनमत पार्टीले मधेसमा किसान आन्दोलन सुरु गरेपछि काठमाडौंमा समेत प्रदर्शन सुरु भएको छ । किसानको माग पुरा गर्न आज माइतीघरमा प्रदर्शन गरिएको हो ।

किसानहरुको माग सम्बोधन गर्न उच्च स्तरीय समिति गठन गर्नुपर्ने, समयमै मलखाद उपलब्ध गराउनुपर्ने, सिँचाईको व्यवस्था गर्न नसकिए सिँचाई बिजुली निःशुल्क गर्नुपर्ने लगायतको प्लेकार्ड बोकेर यूवाहरु प्रदर्शन गरेका हुन् । उनीहरुको किसानको माग उल्लेखित ब्यानरमा आयोजकको ठाउँमा किसानका सन्तान उल्लेख थियो ।

जनमत पार्टीले पनि उक्त मागहरु नै राखेर पूर्वपश्चिम राजमार्ग अवरुद्धको घोषणा गरेको छ । जनमत पार्टीका कार्यकर्ताले मधेसका विभिन्न ठाउँमा दिनहुँ गरिरहेको प्रदर्शनले राजमार्ग पटक पटक अवरुद्ध हुने गरेको छ । प्रहरीले पनि ठाउँ ठाउँमा जनमतका कार्यकर्तामाथि दमन गरिरहेका छन् ।

माइतीघरमा आज गरिएको प्रदर्शनमा किसान आन्दोलनमा दमन बन्द गर नारा समेत लगाएका छन् । सरकारले वार्ता गरेर समस्या समाधान गर्नुको साटो दमनको नीति लिएपछि मधेसका किसानरु आक्रोशित बनेका हुन् ।

प्रकाशित : २०७८ पुष १९, सोमबार १६:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ