जसपाले प्रदेश २ मा सिद्दिकी र प्रदेश १ मा राईलाई बनाए उम्मेदवार


जनकपुरधाम । जनता समाजवादी पार्टी ९जसपा०ले राष्ट्रिय सभाका लागि सोमबार दुई जना उम्मेदवारको नाम छनोट गरेको छ । अन्य दलसँग गठबन्धन गरेकाले जसपा मात्र २ सिटमा उम्मेदवारी दिदैछ ।

जसपाले प्रदेश १ को अल्पस‌ंख्यक समूहबाट हेमराज राई र प्रदेश २ को खुला समूहबाट खालिद सिद्दिकीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको हो । राई भोजपुर र सिद्दिकी सिरहाको रमौलका हुन् ।

यही माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । राष्ट्रिय सभामा ५९ सदस्य रहने व्यवस्था छ भने ती सदस्यको कार्यकाल ६ वर्षको हुन्छ । तर, पहिलो एक कार्यकालका लागि गोलाप्रथाबाट सदस्यहरूको पदावधि निर्धारण गरिएको थियो । त्यसमध्ये पहिला दुई वर्षमै १९ जनाको पदावधि सकिएर निर्वाचन भइसकेको छ ।

यसपटक २० जनाको पदावधि सकिँदैछ । दुई वर्षपछि अन्य २० जनाको पदावधि सकिनेछ । राष्ट्रिय सभामा जुन पद खाली हुन्छ, त्यही पदका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा मात्रै निर्वाचन हुने व्यवस्था छ ।

त्यसअनुसार यस पटक सातै प्रदेशमा एक महिला, १ अन्य गरी २–२ जना, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट दलित १–१ जना, प्रदेश १ र कर्णाली प्रदेशबाट अपांगता वा अल्पसंख्यक भएका १–१ जनाका लागि निर्वाचन हुँदै छ ।

प्रकाशित : २०७८ पुष २०, मंगलवार १२:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ