उखु किसानलाई तत्काल रकम नदिए आमरण अनसन बस्ने साँसद मोदीको चेतावनी


जनकपुरधाम । मधेसमा जनमत पार्टीले किसान आन्दोलन गरिरहेका बेला नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले तत्कालै उखु किसानको भुक्तानी नगरिए आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।

सांसद मोदीले सरकारले तत्कालै उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी नगरे माइतीघर मण्डलामा आमरण अनशन बस्ने चेतावनी दिएका हुन् । उनले उखु किसानहरूले पटक–पटक आन्दोलन गर्दा पनि सरकारले उनीहरूलाई भुक्तानी नदिएको भन्दै आक्रोस व्यक्त गरेका छन् ।

मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै साँसद मोदीले अब आफैं आमरण अनशनमा बसेर भुक्तानी दिलाउने अठोट समेत गरे । उनले उखु किसानहरूको भुक्तानीको समस्या तत्काल समाधान नभए सांसदहरू आफैंले आन्दोलन गरेर सरकारलाई घुँडा टेकाउने बताए ।

‘अब मजदुर, किसानहरूको बारेमा राज्यले सुन्दैन भने संसद त चलेन । संसद चलेको छैन । अवरोध छ । अब किसानहरूले आन्दोलन गर्नुपर्दैन, हामी आन्दोलन गर्छौँ । माइतीघर मण्डलामा अनशन बस्छौँ,’ उनले भने ।

प्रकाशित : २०७८ पुष २०, मंगलवार १८:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ