महोत्तरी : भत्ता माग्दै जेष्ठ नागरिकले लगाए वडा कार्यालयमा ताला


महोत्तरी । सामाजिक सुरक्षा भत्ता नपाएपछि महोत्तरीको गौशला नगारपालिका ११ मा जेष्ठ नागरिकले ताला लगाएका छन् । भत्ता माग्दै जेष्ठ नागरिकले मंगलबार वडा कार्यालयमा ताला लगाएका हुन् ।

जेष्ठ नागरिक र एकल महिलाले गत साउनदेखि भत्ता नपाएको बताएका छन् । ३र३ महिनामा पाउनुपर्ने भत्ता ६ महिनासम्म नपाएको ७८ वर्षीय रामनारायाण महतोले बताए । भत्ता नपाउँदा चिसोमा न्यानो कपडा किन्न नपाएको महतोले गुनासो गरे ।

वडा कार्यालयमा तालाबन्दी गरेर ५० जनाभन्दा बढी जेष्ठ नागरिकले नाराबाजी गरेका छन् ।कार्यवहाक अध्यक्ष रामगुलाम महतोले भत्ता निकासीका लागि नेपाल बैंक गौशाला शाखा र नगरपालिकासँग समन्वय गरिरहे पनि बैंकले भत्ता उपलब्ध नगराएको बताए । उनले भने- नगरले बैंकमा गइसकेको छ भन्ने र बैंकले हुँदैछ, दिन्छौं भनेर टारिरहेको छ ।

सबै वडाको भत्ता नगरबाट पठाइसकिएको तर केही वडाको वितरणमा समस्या आएकोले बैंक खातामा समस्या भएकाले हुनसक्ने गौशाला नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत वीरेन्द्रजंग थापाले बताए । सिस्टमबाट बैंक खातामा रकम जाने भएकाले कुनैमा समस्या भएको हुन सक्ने उनको भनाइ छ । थापाले चाँडै भत्ता वितरण हुने पनि आश्वासन दिए । – कान्तिपुर

प्रकाशित : २०७८ पुष २०, मंगलवार २०:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ