सिराहाका काँग्रेस सभापति यादवलाई गो’ली मार्न खोजेका एसपी पाण्डे निलम्बनमा परे


सिरहा । सरुवाको विषयलाई लिएर नेपाली कांग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादवलाई गो’ली मार्ने धम्की दिएका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयले एसपी पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरेको प्रहरी प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले जानकारी दिए । कांग्रेस सिराहा सभापति यादवलाई गो’ली मार्ने भन्दै मध्यराति उनको घरमा पुगेको पुष्टि भएपछि एसपी पाण्डेलाई निलम्बन गरिएको हो । घटनाबारे थप अनुसन्धान गरिने एसएसपी कुँवरले बताए ।

एसपी पाण्डेलाई प्रहरी प्रधान कार्यालयले जिल्‍ला प्रहरी कार्यालय सिराहाको जिम्मेवारी हटाएर हेडक्वार्टर तानेपछि आइतबार मध्यराति साढे १ बजे उनी यादवको घरमा पुगेका थिए । तर, एसपी पाण्डेले भने आफू यादवको घरमा नगएको र धम्की समेत नदिएको दाबी गरेका थिए ।

यादवको घरमा पुगेका एसपी पाण्डेलाई सिराहाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लालबाबु कवारी र सशस्त्र प्रहरीका एसपी दीपेन्द्र गिरीले एसपी क्वार्टरमा फर्काएका थिए ।

प्रहरी प्रधान कार्यालयले ६ महिनामै एसपी पाण्डेलाई तानेर उनको ठाउँमा (सिरहा) एसपी अर्जुन तिमिल्सिनालाई पठाएको छ । एसपी पाण्डे ८ असार २०७८ मा जिल्ला प्रहरी कार्यालय सिराहा सरुवा भएका थिए ।

प्रकाशित : २०७८ पुष २१, बुधबार ०९:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ