एमालेलाई एक सिट पनि जित्न दिँदैनौं : काँग्रेस सहमहामन्त्री यादव


काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादवले वर्तमान सरकारले नै आगामी निर्वाचन गराउने बताएका छन् । काठमाडौंमा बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा उनले यस्तो दावी गरे ।

सहमहामन्त्री यादवले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वकै सरकारले आगामी निर्वाचन गराउने पनि बताएका छन् । आगामी निर्वाचनसम्म सत्तारुढ गठबन्धन रहने बताउँदै उनले चुनावमा एमालेलाई एक सिट पनि जित्न नदिने दाबी गरे ।

‘अब हुने निर्वाचन देउवाकै नेतृत्वमा हुन्छ । हामी पाँच दलीय गठबन्धनलाई साथ लिएर आगामी निर्वाचनमा जान्छौं, र प्रतिगमनलाई पुरै परास्त गर्छौं । हामी एमालेलाई देशभरि एउटा पनि सिट जित्न दिँदैनौं,’ उनले भने । साथै देउवाले पार्टीभित्र पनि सबैलाई मिलाएर अघि बढ्ने उनको यादवको भनाइ छ ।

प्रकाशित : २०७८ पुष २१, बुधबार १७:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ