मिर्चैयामा किसानको विशाल प्रदर्शन, उपमेयरलाई आन्दोलनमा समर्थन गर्न आग्रह


टुडेखोज, लहान । किसानलाई मलखाद उपलब्ध गराउनुपर्ने लगायतका ११ बुँदै माग राखेर मधेसका जिल्लाहरुमा जनमत पार्टीले किसान आन्दोलन जारी राखेको छ ।

किसान आन्दोलनका क्रममा बिहीवार सिरहाको मिर्चैयामा जनमतका कार्यकर्ता र किसानहरुले विशाल प्रदर्शन गरेका हुन् । उनीहरुले करिब २ घण्टा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।

प्रदर्शनपछि भएको कोणसभामा बोल्दै जनमत पार्टीका केन्द्रीय सदस्य निर्मल मण्डलले आन्दोलनमा घर घरबाट सहभागी जनाउन आग्रह गरेका छन् । उनले सरकार बहिरा बनेको भन्दै किसानको ११ बुँदै माग पुरा गर्न सबैले आन्दोलनमा आउनुपर्ने धारणा राखे ।

जनमतका कार्यकर्ताले किसान आन्दोलनमा समर्थन गर्न मिर्चैया नगरपालिकाकी उपमेयर जीवछी देवी साहलाई ज्ञापनपत्र समेत बुझाएका छन् । गहुँ छर्ने बेला भएकाले किसानलाई मलखाद उपलब्ध गराउन माग गरिएको छ ।

प्रकाशित : २०७८ पुष २२, बिहीबार १८:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ