औरही गाउँपालिकाले भारतसंगको सिमामा राख्यो हेल्थ डेस्क


धर्मेन्द्र पासवान, लहान । भारतमा ओमिक्रोन संक्रमितको उतारचढावलाई नै मुख्य आधार मानेर नेपालमा जोखिमको अड्कलबाजीको बीच सिरहाको औरही गाउँपालिकाले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भित्रिन नदिन सिमा क्षेत्रमा हेल्प डेस्क स्थापना गरेका छन् ।

गाउँपालिकाको भारतसंग सिमाना जोडिएको मुख्य नाका वडा नं १ दरहिया नाकामा एन्टिजेन जाँच सहितको हेल्प डेस्क स्थापना गरेको छ । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएपछि यसको जोखिमलाई लिएर गाउँपालिका सचेत भएको देखिन्छ ।

यो भाइरस भित्रिन नदिन हामीले हेल्थ डेस्क स्थापना गरेका हो । कोरोना भाइरस विरुद्ध पूर्ण खोप लगाइसकेकाहरुमा पनि संक्रमण देखिएको छ, र कतिपय पूर्ण खोप लगाएकाहरुको मृत्यु समेत भइसकेको हुनाले यो भाइरसबाट जोगिनु नै उत्तम उपाय रहेको औरही गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतले बताएका छन् ।

प्रशासकीय अधिकृत कुसियैतले औरही गाउँपालिकाले नेपाल-भारत प्रवेश गर्ने मुख्य नाकामा हेल्थ डेस्क स्थापना गरेर कोरोनाबारे उच्च सतर्कता अपनाएको र गाउँपालिका प्रवेश गर्ने मुख्यद्वार भएकोले कोरोनाको संक्रमणबाट बच्नका लागि गाउँपालिकाले हेल्थ डेस्क स्थापना गरेको भनेका छन् । यो हेल्थ डेस्कमा भारतबाट नेपाल फर्किनेलाई चेकजाँच गरिने र कोरोनाबाट बच्नका लागि सचेतनामूलक सन्देश लिँदै समयमै संक्रमण भित्रिन नदिन गाउँपालिका सतर्कता अपनाएको हो ।

हेल्प डेस्कको मुख्य जिम्मेवारी वहन गरिरहेका गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक उपेन्द्र यादवले भने- खुला सिमाना भएका कारण नेपाल भन्दा भारतमा गएर घरायसी सामान किनमेल गर्ने देखि लिएर भारतबाट रोजगारीबाट फर्केकालाई विशेष निगरानी बढाएका छौं ।

भारतमा फैलिरहेको ओमिक्रोनको संक्रमणलाई मुख्य आधार मान्दै नेपाल पनि यसको जोखिममा धेरै मात्रामा रहेको गाउँपालिकाको स्वास्थ्य संयोजक यादव बताउँछन् । नेपाल भित्रै ओमिक्रोन फैलने भन्दा पनि भारतबाट यसका संक्रमित भित्रने हो की भन्ने उनको अनुमान छ ।

उनी भन्छन्, ‘भारतसँगको खुल्ला सीमानाका कारण पहिलो र दोस्रो लहरमा पनि कोरोनाले समस्या ल्याएकै थियो । अहिले पनि भारतमा ओमिक्रोन फैलिरहेको जस्तो देखिँदा नेपाल पनि जोखिममै पर्छ ।’

युनिभर्सिटी अफ हङकङको एक अध्ययनले डेल्टाभन्दा ओमिक्रोन ७० गुणा तीव्र गतिले फैलिने भएपनि धेरै घातक नभएको देखाएको थियो । अर्थात् डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोनले फोक्सोमा कम असर गर्ने गरेको संयोजक यादव बताउँछन् । यसले गर्दा ओमिक्रोन तिव्र गतिमा फैलिएपनि गम्भीर खालको समस्या ल्याउने खतरा कम रहेको देखिएको उनले बताए ।

भाइरसले निम्त्याउने लहरको क्रम चलेपनि संक्रमितको संख्या र अस्पताल व्यवस्थापनको समस्या ल्याउँछरल्याउँदैन भन्ने कुरा महत्वपूर्ण भएको उनी बताउँछन् । कोभिड-१९ विरुद्धको खोप सबैको पहुँचमा पुग्दै गए र जनस्वास्थ्यका मापदण्ड पालना भए दोस्रो लहरको जस्तो अवस्था सिर्जना नहुने उनको अनुमान छ ।

उनले भने, ‘नेपालमा सबैलाई खोपको पहुँचमा ल्याउन सके र जनस्वास्थ्यका मापदण्ड पालना भए दोस्रो लहरमा देखिएको भयावह स्थिति अहिले हुँदैन की भन्ने मेरो अनुमान हो । खोपले पूर्ण रुपमै ओमिक्रोन भेरियन्टलाई काम नगर्ने भन्ने कुरामा उनी सहमत छैनन् । भाइरस म्युटेसन हुँदैमा खराब नै हुन्छ भन्ने नै नहुने उनी बताउँछन् । यद्यपि अहिले नै ओमिक्रोनको बारेमा सहजै अनुमान लगाउन नसकिने उनले बताए ।

‘भाइरस म्युटेसन भएकाले खोपको प्रभावकारितामा केही कमी त आउँछ नै । तर पूर्ण रुपमा काम नै नगर्ने भन्ने कुरामा चाँही म विश्वस्त छैन’ उनले भने । हालसम्म कोभिड-१९ को डेल्टा भ्यारिएन्ट, डेल्टा प्लस, ओमोक्रोन, केही दिन अगाडि मात्रै इजरायलमा फ्लोरोन र ३र४ दिन अघि मात्रै फ्रान्समा आइएचयु भ्यारिएन्ट देखा परिसकेका छन् ।

प्रकाशित : २०७८ पुष २३, शुक्रबार १०:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ