प्रदेश २ को सात जिल्लामा एमाले अधिवेशन रोकियो


जनकपुरधाम । नेकपा एमालेले को १६ जिल्लाको अधिवेशन आज नहुने भएको छ। तिमध्ये प्रदेश २ कै सात जिल्ला छन् । प्रतिकूल मौसम र तयारी नपुगेका १६ जिल्लाका लागि अधिवेशनको अर्को मिति तय गर्ने भएको हो ।

एमालेका अध्यक्ष केपी ओलीले ६१ जिल्लाका अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए ।

एमालेको १० औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ गर्न लागेको हो । प्रदेश–२ का सप्तरी बाहेक सिराहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, रौतहट र पर्साको जिल्लामा विवादको कारणले अधिवेशन रोकिएको छ। संखुवासभाको जिल्ला अधिवेशन भने २६ पुसमा हुने भएको छ । त्यहाँ अध्यक्ष ओली आफैं जाने तयारी भएकाले अधिवेशन रोकिएको छ ।

रोल्पामा जिल्ला सचिवको निधन भएकाले अधिवेशन रोकिएको छ । बाँकी जिल्लाहरुमा भने चिसो र हिमपातका कारणले अधिवेशन नहुने भएको छ । मनाङ, मुस्ताङ, रुकुम पूर्व, हुम्ला, मुगु, कालिकोट र बझाङमा आज अधिवेशन नहुने भएको छ ।

प्रकाशित : २०७८ पुष २३, शुक्रबार १२:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ