नेपालमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि


काठमाडौं । नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनका थप २४ वटा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पुस महिनामा संकलित ११४६ नमुनामध्ये २४ वटामा संक्रमण पुष्टि भएको जनाएको हो ।

देशभरबाट पीसीआर र एन्टीजेन विधिबाट संकलन गरिएका नमुनालाई जिन सिक्वेन्सिङ गर्दा ती नमुनामा एस(जिन नेगेटिभ पुष्टि भएको हो । यसअघि नेपालमा ओमिक्रोनका तीनवटा संक्रमण पुष्टि भएको थियो ।

ओमिक्रोन भेरिअन्टले हुनसक्ने अत्याधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले आग्रह गरेको छ । साथै, उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य सामाग्रीको यथेष्ठ जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन समेत निर्देशन दिइएको छ ।

सीमा नाकामा कोरोना परीक्षणलाई थप सशक्त बनाउने तथा संक्रमण देखिएका केसलाई आइसोलेसनमा राखिने समेत जनाइएको छ । प्रदेश २ का जिल्लाहरुमा पनि हेल्थ डेस्क राख्न थालिएको छ । हिजो मात्र सिरहाको औरही गाउँपालिकाले भारतसँग सिमा जोडिएको क्षेत्रमा हेल्थ डेस्क राखेको हो ।

प्रकाशित : २०७८ पुष २३, शुक्रबार १३:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ