प्रदेश २ : रिक्सा चलाउने पुरुषको लाश कुलोमा भेटियो


पर्सा । वीरगञ्जमा रिक्सा चलाउँदै आएका एक पुरुषको लाश (शव) कुलोमा फेला परेको छ । वीरगञ्ज महानगरपालिका ३ मा बस्दै आएका ४८ वर्षीय मुख्तार मियाको शव फेला परेको हो ।

प्रहरीका अनुसार उनको स्थायी घर भारत कलकत्ता हो । उनी इलेक्ट्रिक रिक्सा चलाउथे । नारायणी बयोधा अस्पतालको पछाडि वीरगञ्ज २३ इटिहायीस्थित कुलोमा बिहीबार अपरान्ह उनको शव फेला परेको छ ।

कार्यालयका प्रवक्ता डिएसपी ओम प्रकाश खनालका अनुसार कुलोमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको हो । उनी बुधबार ६ बजेदेखि नै ई–रिक्सासहित हराएका थिए । घटना विषयमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित : २०७८ पुष २३, शुक्रबार १३:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ