सिरहामा होटलमा आगो लगाएको आरोपमा २ जना पक्राउ


सिरहा । धनगढीमाई नगरपालिका १० का ३० वर्षीय गुंजेश्वर साहले वडा नम्बर ११ छपरारीमा सञ्चालन गरेको खुश्बु होटल एण्ड लजमा आगो लगाएको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनगढीमाई नगरपालिका १२ का २० वर्षीया लक्ष्मी बराल र विष्णुपुर गाउँपालिका २ का १९ वर्षीय धीरज कुमार यादव रहेका छन् । लेनदेनको विषयलाई लिएर उक्त होटलमा आगो लगाएकाले उनी दुबै जनालाई बिहीवार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै उक्त घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । आगलागीबाट होटलका सामान जलेर करिब १ लाख २ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको थियो ।

प्रकाशित : २०७८ पुष २३, शुक्रबार १५:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ