माधव नेपालले ओलीलाई दिए भुक्ने कुकरको संज्ञा, भने- डाक्टर हुनुहुन्छ भने उपचार गर्दिनुस्


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भुक्ने कुकरको संज्ञा दिएको छन् ।

शनिबार आफ्नो निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओलीलाई भुक्ने कुकुरको संज्ञा दिएका हुन् । उनले कोही डाक्टर भए ओलीको उपचार गर्न उनले आग्रह समेत गरे ।

‘बालुवाटारबाट बालकोट पुग्दा पनि भुक्न छाडेको होइन, विचराको त्यो हालत, बालकोट पुग्नेबित्तिकै भुक्नुपर्ने,’ पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘कोही डाक्टर हनुहुन्छ भने उपचार गर्दिनुस् ।’

ओलीमा प्रचण्डको काँधमा चढेर अग्लो हुने सोच रहेको भन्दै अध्यक्ष नेपालले पार्टी एकता गरेर नेकपा बनाएपछि आफूहरूलाई हेप्न र अपमान गर्न थालेको टिप्पणी गरे । उनले ओलीलाई दम्भी, अहंकारी र खराब प्रवृतिको मान्छेको संज्ञा पनि दिए ।

प्रकाशित : २०७८ पुष २४, शनिबार १५:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ