जनकपुरमा हिन्दुवादीको प्रदर्शन, मुख्यमन्त्री राउतको राजीनामा माग


टुडेखोज, जनकपुरधाम । जनकपुरमा आज हिन्दुवादी यूवाहरुले प्रदर्शन गरेका छन् । उनीहरुले यस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा समेत मागेका हुन् ।

करिब २०/२५ जनाको संख्यामा रहेका हिन्दुवादी यूवाहरुले दोषी जिहादीलाई कारबाही गर, निकम्मा मुख्यमन्त्री राजीनामा दे, मुस्लिम आयोग खारेज गर जस्ता नारा लगाएका छन् ।

बारामा छठका बेला हिन्दु र मुस्लिम समुदायबीच भएको झडपमा घाईते भएक हिन्दु यूवाको उपचारको क्रममा तीन दिन अगाडी वीरगञ्जमा मृत्यू भएपछि हिन्दुवादी संगठनहरु मधेसका विभिन्न जिल्लामा प्रदर्शन गरेका छन् ।

प्रकाशित : २०७८ पुष २४, शनिबार १७:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ